१५ फाल्गुन २०७७, शनिबार

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

newaarthik
३० कार्तिक २०७६, शनिबार २१:०६

काठमाडौं । कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा आज विजेतालाई गाडीको साचो हस्तान्तरण गरेका छन् । यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठुलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, वीरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् । बम्पर लक्की ड्र का विजेता अम्बर बहादुर गुरुङले “म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएमकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।