२३ फाल्गुन २०७७, आईतवार

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच सम्झौता

आर्थिक सञ्जाल
१३ मंसिर २०७६, शुक्रबार १४:३४

 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र धुम्बाराही, काठमाडौं स्थित ह्याम्स हस्पिटल बीच आज नगद रहित उपचार सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरि रहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्नेछ ।
सो सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरेका थिए ।