२८ बैशाख २०७८, मंगलवार

महालक्ष्मीविकास बैँक लि.को १८ औँ साधारणसभा

आर्थिक सञ्जाल
८ मंसिर २०७६, आईतवार ०८:२९


काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले गत कार्तिक २९ गते शुक्रबारका दिन आफ्नो १८औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।उक्त साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था द्वारा प्रदान गरिएको विकास बैैंक तर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८प्राप्त गर्न सफल बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।