२३ फाल्गुन २०७७, आईतवार

पर्यटकीयस्थल महाशिलामा पर्वत जेसिजको सुचना बोर्ड

newaarthik
३० कार्तिक २०७६, शनिबार २३:०१

पर्वत /पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ ।
पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

साे अभियान अन्तर्गत पर्वत जेसीजले पैयु गाउपालिककाे त्रिवेणीकाे हाेमस्टे प्रवर्दन, पालुस्थान पर्यटकिय क्षेत्रकाे लागि बाेर्ड स्थापना र विहादी गाउपालिकाकाे शालिग्राम शिलामा बाेर्ड स्थापना गरिने पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार हिमाल के.सी.ले जानकारी दिनुभएकाे थियाे ।